काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डसँग रिलायन्स फाइनान्स लिमिटेडले सम्झौता गरेको छ । 

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे ।

यस सम्झौताअनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने छन् ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने बताइएको छ ।