काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले गोंगबुुको जरंखुुस्थित नेपाल ह्यूमान सर्भिस अर्गनाइजेसनमा संरक्षित असहाय बालबालिकाहरुलाई तल्ले खाट सहयोग गरेको छ । 

बैंकको गोंगबुु शाखाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १७ अभिभावकविहीन तथा असहाय बालबालिकाहरुलाई ३५ हजार रुपैयाँ बराबरको तल्ले खाट उपलब्ध गराएको हो । 

आगामी दिनमा समेत संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत अन्य सामाजिक गतिविधिमा समेत संलग्न रहने बैंकले एक विज्ञप्तिमार्फत प्रतिबद्धता व्यक्त गरेको छ ।