काठमाण्डौ । नेपालकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले ३० प्रतिशत(१०ः३)को दरले आफ्ना शेयरधनीलाई हकप्रद दिने भएको छ । हकप्रदका लागि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ ।

हालै नेपाल धितोपत्र बोर्डले हकप्रद निश्कासनका लागि साबिकको नीति केही खुकुलो पारी क्रेडिट रेटिङ गर्न नपर्ने प्रावधान राखेपछि सेञ्चुरी बैंकले हकप्रद निश्कासनका लागि एक सूचिपत्र पेश गर्ने प्रक्रिया सुरु गरेको छ । 

स्रोतका अनुसार यदि धितोपत्र बोर्डले स्वीकृत गरे २०७३ असार मसान्तसम्म सेञ्चुरी बैंकको हकप्रद निश्कासन हुनेछ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २६ अर्ब १ करोड निक्षेप संकलन गरेको छ भने २२ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिमा ३४ करोड ५ लाख रुपैयाँ संचालन नाफा आर्जन गरेको छ भने खूदनाफा २३ करोड २४ लाख रुपैयाँ कमाएको छ । 

हाल यो बैंकले देशभरका ३१ शाखा, २८ एटीएम काउण्टर, ८ ठाउँबाट शाखारहित बैकिंग र २ एक्सटेन्सन काउण्टरबाट आफ्नो सेवा दिइरहेको छ ।