काठमाण्डौ । सरकारले काठमाण्डौ उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी रात्रिकालीन बस सेवा संचालन गर्ने भएको छ । 

यातायात व्यवस्था विभागले त्यसका लागि रुट तोकी सार्वजनिक सूचना जारी गरेको छ । 

सरकारले संचालन गर्ने रात्रिकालीन सवारी साधन संचालनका लागि १२ वटा कम्पनीले विभिन्न रुटको इजाजत पाएका छन् । 

साझा यातायात प्रालि, महानगर यातायात, रिद्धिसिद्धि, शुभकामना, रचना, मयुर,  अन्नपूर्ण सार्वजनिक यातायात, गोकर्णेश्वर यातायात, ललितपुर मिनीबस, ताराकेश्वर यातायात, बुढानिलकण्ठ यातायात र किर्तिपुर यातायातका बसहरुले रात्रिकालीन सेवा दिनेछन् । यी कम्पनीका बसहरुले राति ९ बजेदेखि १ बजेसम्म सेवा दिनेछन् । 

विभागले पूर्ववत रुटमा संचालन भइरहेका  कम्पनीका सवारी साधनहरुले रात्रीकालीन यातायात सेवा संचालन गर्न चाहेमा यातायात व्यवस्था विभागमा सम्पर्क राखी सेवा संचालन गर्नसक्ने व्यवस्था समेत गरिदिएको छ । 

विभिन्न कम्पनीका बसहरुका लागि विभागले रुट समेत छुट्याइदिएको छ । तपाईले असार १ गतेदेखि सुरु हुने रात्रीकालीन बस सेवामा कुन रुटमा कुन कम्पनीको बस पाउनुहुन्छ त ? हेर्नुहोस् यो सूचि: