काठमाण्डौ । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कार्डहोल्डर ग्राहकहरुलाई एससिटी नेटवर्कको साटो भिसा नेटवर्कसँग सम्बन्धित एटिएम डेबिट कार्ड लिन आग्रह गरेको छ । 

कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै निकट भविष्यमै एससिटी नेटवर्कलाई हटाउने उल्लेख गर्दै आगामी असार १० गतेदेखि त्यसको साटो भिसा नेटवर्कका भिसा डेबिट कार्ड कार्यान्वयनमा आउने भन्दै यस्तो आग्रह गरेको छ । 

बैंकका अनुसार एससिटी कार्ड लिएका ग्राहकले सम्बन्धित शाखा कार्यालय गएर आवश्यक विवरण भरी कार्ड परिवर्तन गराउन सक्नेछन् ।