काठमाण्डौ । डि–लाईफ स्टाईल्स प्रा. लि.ले विश्वविख्यात ब्राण्ड भेष्पाको बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले असार १६ गतेदेखि २२ गतेसम्म ७ दिन भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा सिजिङ स्पेशल एक्सचेञ्ज क्याम्प संचालन गर्ने भएको छ । 

यो क्याम्पमा भेष्पा खरीद गर्ने ग्राहकलाई आगामी वर्षको सवारी कर पनि कम्पनीले नै तिरिदिनेछ । 

स्कुटर पारखीहरुका लागि भेष्पा ब्राण्डमा अपग्रेड हुन आह्वान गर्दै  हालसम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरिएको कम्पनीले जनाएको छ । 

यो मेलामा जुनसुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर चढेर जान पाईनेछ । ग्राहकले आफ्नो पुरानो वाईक तथा स्कुटरको उच्चतम मूल्याङ्कन पाउने कम्पनीले दाबी गरेको छ । मूुल्याङ्कन भएको पुरानो वाईक तथा स्कुटरमा कम्पनीले रु ३०,००० रुपैया थप गरिदिनेछ ।
क्याम्पबाट स्कूटर खरीद गर्ने ग्राहकलाई ५० हजार रुपैयाँसम्मको फाइदा हुने बताइएको छ । 

समय र परिस्थीतिको मागलाई मध्यनजर गरी १५० सि.सि. भेष्पा खरिद गर्ने ग्राहकले नगद छुट रु ३०,००० वा थप मूल्याङ्कन रु ३०,००० साथै थप अन्य एसेसरिज र भेष्पाको हेलमेट पनि निःशुल्क उपलब्ध गराउने बताइएको छ । कम्पनीले सर्वसुलभ फाईनान्स र एक्सचेञ्जको सुविधा पनि प्रदान गरिने बताएको छ । 

भेष्पा स्कुटरमा ३भल्भ ईञ्जिन, ३ कोटेड कलर, मोनोकर्कस्टिल चेसिस, एयरक्राफ्ट सस्पेन्सन र ८ लिटर पेट्रोल भर्न सकिने फ्युल ट्यांक रहेको पनि कम्पनीले जानकारी गराएको छ । 

हालसम्म भेष्पाले नेपालमा यति ठूलो अफर अहिलेसम्म नल्याएको कम्पनीको दाबी छ । 

भेष्पाको स्कूटरमा २ वर्ष वा २० हजार किलोमिटरसम्मको वारेन्टी र ४ पटकसम्मको सर्भिस समेत निःशुल्क हुने बताइएको छ ।