काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गतेदेखि २१ करोड ३० लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल २१ लाख ३० हजार ८ सय ३४ कित्ता प्राथमिक सेयर निश्कासन हुने भएको हो । 

पहिलो चरणमा आइपीओका लागि असार ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो बेलासम्म पनि माग अनुसार आवेदन नपरे आवेदन दिने अधिकतम मिति असार १५ लाई तोकिएको छ । 

इच्छुुक सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ । 

यो जलविद्युत कम्पनीले आफ्ना कर्मचारीका लागि ४२ हजार ६ सय १७ कित्ता  र १० वटा म्युुचुुवल फण्डका लागि १ लाख ६ हजार ५ सय ४२ कित्ता छुट्याएको छ । बाँकी १९ लाख ८१ हजार ६ सय ७५ कित्तामा सर्वसाधारणले आवेदन दिनसक्नेछन् । 

इच्छुुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमीटेड, काठमाण्डौ क्यापिटल मार्केट, प्रभूू क्यापिटल मार्केट, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु र आस्वाको अनुमति प्राप्त सबै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिनसक्नेछन् । 

यो कम्पनीको हाल चुक्तापूँजी ८५  करोड २३ लाख रुपैयाँ छ । आइपीओपछि १ अर्ब ६ करोडको उचाईमा पुुग्नेछ । 

आइपीओपछि यो कम्पनीमा संस्थापक आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको सेयर स्वामित्व अनुपात  ७०ः१०ः२० मा रुपान्तरण हुनेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यो रेटिङ भनेको कम्पनीको अवस्था खासै सन्तोषजनक छैन भन्ने हो । 

हिमालयन पावर पार्टनर लिमीटेडले लमजुङको दोर्दी नदीमा २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।