काठमाण्डौ । लामो समयदेखि बन्द भई लकडाउन खुलेपछि केही खुले पनि पुनः निषेधाज्ञा लागेपछि बन्द भएका होटल तथा रेष्टुरेन्ट पनि खुल्ने भएका छन् । 

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले असोज १ गतेदेखि नै होटल तथा रेष्टुरेन्टहरु पनि आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालन गर्न दिने निर्णय गरेको हो । 

सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार हालसम्म होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र संचालन गर्न पाइरहेकाले असोज १ गतेदेखि चाहि साबिकको झै संचालन गर्न छुट हुनेछ । 

यस्तै, ट्रेकिङ तथा ट्राभल व्यवसाय समेत असोज १ गतेदेखि नै संचालन गर्न सकिने बताइएको छ ।