काठमाण्डौ । दोश्रो बजारमा ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी असोज २३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

हकप्रदमा कात्तिक २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले हकप्रदका लागि भदौ २६ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ भदौं २५ गतेभित्र कायम सेयरधनीहरुले हकप्रद भर्न पाउनेछन् ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । 

आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था र तिनको शाखाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ ।

हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर २३ करोड रुपैयाँको उचाईमा पुग्नेछ । यो कम्पनीले हालै १० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो ।