काठमाण्डौ । सरकारले प्रदेश नम्बर २ मा हुने तेश्रो चरणको स्थानीय निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । 

प्रदेश नम्बर २ का शिक्षण संस्थाहरुमा भने ५ दिनको विदा दिइनेछ । मतदानस्थलको व्यवस्थापनका लागि भदौ ३० देखि असोज ३ गतेसम्म सार्वजनिक विदा दिइने निर्णय भएको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जनाएका छन् ।