काठमाण्डौ । शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन् । 

अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।