काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । 

‘आखाँदान महादान’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी सामाजिक कार्यमा स्वयम्सेवा भावनाबाट प्रेरित भई आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्मूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई आखाँ स्वास्थ्य सम्बन्धी जनचेतनामूलक  अभिमुखिकरण कार्यक्रम सञ्चालनका लागि अत्यावश्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।