काठमाण्डौ । त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालद्वारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आँंखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. ५०,०००। को आर्थिक सहयोग गरेको छ । 

डा. इन्दु प्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दुको शल्यक्रिया भएको थियो । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेबीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।