काठमाण्डौ । प्राथमिक बजारमा लघुवित्त कम्पनीहरुको आइपीओमा अचाक्ली आकर्षण देखिएको बेला अर्को एक लघुवित्तले समेत आइपीओ निश्कासन गर्ने भएको छ । 

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडले ४ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्ने भएको हो । 

यो कम्पनीले आइपीओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल लिमीटेडलाई धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गगरेको छ । 

सेयर निश्कासन सम्बन्धी सम्झौतापत्रमा  आँधिखोला लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायवमहाप्रबन्धक कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

यो लघुवित्तको अधिकृत पूँजी रु.१५ करोड, जारी पूँजी रु.१० करोड र चुक्तापूँजी रु.६ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी रु.१० करोड हुनेछ । 

आँखोला लघुवित्त वित्तीय संसथा २०७३ भाद्र १० गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७३ साल माघ १२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको १० जिल्ले यस वित्तीय संस्थाले २०७३ फागुन १ गतेदेखि वित्तीय कारोबार थालेको थियो । 

भिरकोट १, बयरघारी, स्याङजामा केन्द्रीयकार्यालय रहेको यस वित्तीयसंस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, रुपन्देही, नवलपरासी, कास्की, लमजुङ र तनहुँमा गरी जम्मा हाल १९ वटा शाखा कार्यालयमार्फत १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब रु.४९ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१४ करोड ४५ लाख गरी करिब रु.८० लाख मुनाफा गर्न सफल रहेको छ ।