काठमाण्डौ । एनएमबी बैक लिमिटेडले बिश्व बैकको सदस्य संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेसन(आइएफसी)सँग ऋण सम्झौता गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झौतापत्र हस्तान्तरण गरेका छन् । 

नेपाल राष्ट्र बैकबाट स्वीकृति भएपछि मात्र यस ऋण सम्झैताले मूर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झौताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझौला व्यवसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।