काठमाण्डौ । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” सार्वजनिक गरेको छ । 

छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे र हिसानका उपाध्यक्ष डा. स्वागत श्रेष्ठको उपस्थिति रहेको थियो । 

छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृति प्रदान गरेको जानकारी दिए । 

छात्रवृति समितिका सह–संयोजक डेनियल डी. श्रेष्ठ,  हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए । 

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, निजी तथा सामुदायिक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिएको हो । 

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दशलाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एकसय जना विद्यार्थीलाई गत शैक्षिक सत्रदेखि नै छात्रवृत्ति प्रदान गरिँदै आएको छ । 

ईच्छुक विद्यार्थीले यी संस्थाका वेबसाईट एवम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तीमा दुई बर्षअघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिससहित २०७३ साल कार्तिक ३ देखि मंसिर १५  सम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो । 

फारम आफूूलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबलआईएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरुमार्फत् वा ईमेल ठेगानामा पठाउनसक्ने व्यवस्था मिलाइएको थियो । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा ल्याईएको यो योजना यी दुवै वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम हो । 

निर्धारित समयमा रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गरी अन्तिम नतिजा मंगलबार प्रकाशन गरेको हो । 

छात्रवृति पाउने विद्यार्थीको सूचि यस्तो छ :