काठमाण्डौ । आफ्ना दश उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । 

आठ दिवसीय सो भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायिक साझेदारमुखी ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत उत्कृष्ट दश व्यवसायिक साझेदारहरुलाई छनौट गरिएको थियो । 

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तव्य निर्धारण गरी भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्वय इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।