काठमाण्डौ । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र टोखा नगरपालिका वडा नम्बर ०८, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच गत सोमबार सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुने बताइएको छ ।

त्यसैगरी, चिकित्सकीय परामर्श लगायत विभिन्न दश प्रकारका ल्याब परिक्षण सेवाका लागि जम्मा रु.१,५००। (एक हजार पाँच सय) शूल्कमा स्वास्थ्य परीक्षण प्याकेज समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आइएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागू हुने बताइएको छ।