काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा विभिन्न अफर सार्वजनिक भइरहेको बेला आफूलाई नम्बर वान रेमिटान्स कम्पनी दाबी गर्दैै आएको आइएमई लिमीटेडले पनि दशैंलक्षित योजना सुरु गरेको छ । 

आइएमईले दशैंको अवसर पारेर आइएमई हात हुँदैन खालि अफर दिएको हो । कम्पनीका अनुसार यो पर्व अफर यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागू हुनेछ । 

यो योजनामा देशका १४७ आईएमई सेन्टरसहित ५२ सयभन्दा बढी रेमिटान्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुनसक्ने छन् । 

यो योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपालीहरुलाई आईएमईमार्फत् पैसा पठाउँदा उपहार पनि प्राप्त गर्ने अवसर दिइएको कम्पनीले स्पष्ट पारेको छ । 

यो योजनाअन्तरगत विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि–सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउनेछन्  । यसअतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले चन्द्रागिरी केबलकारको टिकट उपलब्ध गराइनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गरिनेछ । 

यसअघि प्रभू मनि ट¥ान्सफरले समेत विशेष पर्व अफर सार्वजनिक गरी ग्राहकहरुलाई विभिन्न मूल्यवान उपहार पाउने अवसर प्रदान गरिसकेको छ ।