काठमाण्डौ । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । 

विश्वकप फुटबलको २१ औं संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सबै यो उत्सवमा सहभागी हुनसक्नेछन् ।

आइएमई लिमिटेड एवम् आइएमई पेका आधिकारिक फेसबुक पेज र  आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जूनदेखि १५ जुलाई २०१८ सम्म संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इन गर्दै १,००० (एक हजार)  प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । 

थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनलागिथप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक संख्याको पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्कक जाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर दिइने बताइएको छ । 

प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सही उत्तर दिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुने बताइएको छ।