काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले दशैं २०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । 

आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्गनर्बु शेर्पा र  सरोज श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । 

कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ का विजेता दुवैले क्रमशः नेपाली रुपैयाँ २०, ६०९ र २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । 

बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्ने छन् । पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्नुहुनेछ । फेसबुक लाईभमार्फत सार्वजनिक गरिएको सो कार्यक्रममा आईएमईका फाईनान्स कन्ट्रोलर दीपक शर्मा र वरिष्ठ प्रवन्धक खिलेन्द्र पौडेलको उपस्थिति  थियो ।

यहि आश्विन १, देखि आश्विन ३०, २०७३ सम्म एक महिना संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टरसहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभर फैलिएका विभिन्न शाखाका सेवाग्राही सहभागी थिए । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपालीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्राप्त भएको विश्वास कम्पनीले लिएको छ । 

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित  उपहार पाउने व्यवस्था मिलाइएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्रमा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छसय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो । 

आइएमईले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।