काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले विजयादशमी(२०७३)मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । 

काठमाडौंमा सोमबार आयोजित  कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिलदास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरेका हुन् । 

कन्ट्रोल नं. ९०६७९०८०१७, ७७७९७४२१३८७, ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलकबहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्गनर्बु शेर्पा र  सरोज श्रेष्ठ स्कूटीका लागि भाग्यशाली साबित भएका थिए । 

विजेताको सिफारिसमा लालबहादुर श्रेष्ठ, भीमबहादुर चौधरी, भीमप्रसाद खड््का र हरिलक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो  र चौथो  हप्ताका लागि एक/एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको  थियो । 

यहि आश्विन १, देखि ३०, सम्म संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा १४९ आईएमई सेन्टरसहित ५,२०० सयभन्दा बढी  रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभर फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी  भएका थिए । 

योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाईज निश्चित  उपहारस्वरूप पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्रमा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चारथान यूएम स्कुटी उपहारस्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।