काठमाडौं । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायिक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । 

बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितिको आधारमाव्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समूहमा बर्गिकरण गरिएको थियो । यो मूल्याङ्कन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समूहबाट एक/एक गरी कुल दशजनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो । 

त्यस्तै गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो। आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायिक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत दश व्यवसायिक साझेदारहरुलाई छनोट गरिएको थियो ।