काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा थप १ शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । 

शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । 

शाखा उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु सरकारी तथा गैरसकारी संस्थाका प्रतिनिधि, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो । 

शाखाको उद्घाटन कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराए । 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडि बढिरहेको हुनाले आफ्नो सम्पत्तिको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गरे । 

कम्पनीको योसहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नेे जानकारी गराउंदै निकट भविष्यमानै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्र्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराए ।