काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।