काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच प्रिमियम पुनः भुक्तानीका विषयमा सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई पेका सेवाग्राहीले जनरल इन्सोरेन्सको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झन्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन्। 

झन्डै २५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।