काठमाण्डौ । आइएमई लिमिटेड र भरोसा अस्पतालबीच गत सोमबार सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । 

यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागू हुनेछ ।

यो सुविधा लिन आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्घन अधिकृत अभिनाष श्रेष्ठ र भरोसा अस्पतालको तर्फबाट प्रशासन अधिकृत सुर्य आचार्यले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल असोज ०५ गतेदेखि दुई वर्षसम्मका लागि लागू भएको छ । 

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।