काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । 

कम्पनीले सो अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सव मनाएको छ ।

सो कार्यक्रममा शुभकामना मन्तब्य दिंदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए । 

चालु आ.व.२०७६/७७ मा थप शाखा बिस्तार गरी बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटोछरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी गराए । 

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताए । 

साथै, आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा कम्पनीले विभिन्न संघसंस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै बीमा समितिवाट स्वीकृतिप्राप्त नयाँ जीवन बीमालेख “आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना” सार्वजनिक समेत गरेको छ । 

सोही अवसरमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीबन बीमा व्यवसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताका लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

ब्यवसाय सुचारु भएको दोस्रो वर्षसम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७६/७७ मा थप शाखा÷उपशाखाहरु बिस्तार गरी बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । 

साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा रु. ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।