काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता भएको छ ।

यस सम्झौताअनुसार आइएमइ मोटर्स प्रालिमार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन्।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रालिको तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए । 

कामना सेवा विकास बैंकको हाल देशभर ९४ शाखा र ४५ वटा एटीएम रहेका छन् ।