काठमाण्डौ । दसैँमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौँ हप्ताको विजेता सेवाग्राही इन्द्रराज शेरचन घोषित भएका छन् ।

शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएका हुन् । उनले यूकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

उनले युकेस्थित रिया मनी ट्रान्सफरमार्फत ५० हजार १३७ रुपैयाँ नेपालमा पैसा पठाएका थिए । जसको दुई गुणा हुन आउने रकम रु १ लाख २७४ रुपैयाँ उनले जिते ।

पुरस्कार राशि सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेकी छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कात्तिक मसान्त (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कुल ७७ दिनसम्म कायम रहनेछ ।

अफरअनुसार हरेक दिन आइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुईजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।