काठमाण्डौ । बिमा कम्पनीहरुले पनि आइपीओ ल्याउने प्रक्रियालाई धमाधम अगाडि बढाइरहेका छन् । यो क्रममा आइएमई लाइफले समेत ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारी गरी चुक्तापूँजी बिमा समितिले तोकेबमोजिम २ अर्ब पुर्याउन लागिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।