काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । 
 
सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएका २७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न पाउनेछन् ।
 
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।