काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र कुमारी बैंक  लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक  लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरे ।

सम्झौतापछि बैंकका ग्राहकले नेपालभरका कुमारी बैंकका शाखाहरुमार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने इन्स्योरेन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्स्योरेन्सका सीइओ युगेशभक्तबादे श्रेष्ठले बैंकसंगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।