काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच  बैंकासुरेन्स सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । 

यस सम्झौतापछि बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्छन् । 

सोही अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडसँगको सहकार्यबाट दुवै संस्थाका ग्राहकहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको र निकट भविष्यमै अन्य सेवाहरुमा पनि क्रमशः हातेमालो गर्दै अगाडि बढ्ने मनसाय व्यक्त गरे । 

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको सम्झौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।