काठमाण्डौ । उद्योगी पवन गोल्यानको माटो कम्पनीले ताजा तरकारी तथा फलफूल आइतबारदेखि काठमाण्डौ उपत्यकाका ठाउँ ठाउँमा राखेर बिक्री गर्ने भएको छ । 

केही महिनाअघिदेखि माटो ब्राण्डमा गोल्यान समूहले ताजा तरकारी तथा फलफूलको उत्पादन थालेको थियो । 

उत्पादित ताजा तरकारी तथा फलफूल केही समय काठमाण्डौका सडकमा भ्यान राखेर बिक्री गरे पछि केही समयपछि बन्द भएको थियो । 

पवनकुमार गोल्यानले संकटमा समस्यामा परेकाहरुको सहजताका लागि आइतबारदेखि पुनः भ्यानबाट तरकारी र फलफूल बिक्रीको प्रबन्ध मिलाइएको जानकारी दिए । 

माटो ब्राण्डले झम्सीखेलको आर्मी ब्यारेक, लगनखलेका कृष्ण मन्दिर, बालकुमारीको वेस्टार रेजीडेन्सी, सिनामंगलको केएमसी, ज्ञानेश्वरको मुख्य चौक, नक्सालको भाटभटेनी मन्दिर, चुनदेवीको मुख्य चौक र सोल्टीमोडमा भ्यान राखेर ताजा तरकारी र फलफूल बिक्री गर्नेछ । 

ती क्षेत्रहरुमा कुन समयमा ताजा तरकारी र फलफूल बिक्री गरिन्छ, समाचार माथिको फोटोमा हेर्नुहोला ।