काठमाण्डौ । सर्टटर्म कारोबारी तथा ब्रोकरहरुको तीव्र चलखेलसँगै ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा यो साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ । 

यो दिन नेप्से परिसूचक १३.३४ अंकले घटेर १४७५.७२ अंकमा सीमित बन्न पुुग्यो । कारोबार रकम पनि ४५ करोड ५२ लाखमा सीमित बन्न पुुग्यो । 

यो दिन उत्पादनमूलक बाहेक अन्य सबै समूहको सूचकमा पहिरो गयो । उत्पादनमूलक समूह ६.८२ अंकले बढ्यो भने बाँकी सबै समूह घटे । बैकिंग समूह ७.३४ अंक, होटल समूह ८५.२५, विकास बैंक समूह १७.६६, जलविद्युत समूह १०.४५, बित्त समूह ५.०८, बिमा समूह १३४.३३, अन्य समूह ७.८ र माइक्रोफाइनान्स समूह २४.८७ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबार खुम्चिएका कारण सेन्सेटिभ इण्डेक्स २.५२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९९ अंकको गिरावट आएको छ । 

यी कम्पनीमा खरीद चाप


मेरोलगानीको डाटा एनलिटिक्सका अनुसार नेपाल हाइडो डेभलपर्स लिमीटेड, रुरल माइक्रोफाइनान्स, नागबेली लघुवित्त, जनउत्पादन सामुदायिक विकास बैंक, मेरो माइक्रोफाइनान्स, नेपाल दूरसंचार कम्पनी, नेशनल माइक्रोफाइनान्स, अपी पावर कम्पनी, एनसीसी बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, हिमालयन डिस्टीलरी, कुमारी बैंक, दिव्यश्वरी हाइड्रोपावर र रिलायवल माइक्रोफाइनान्सको सेयरमा खरीदकर्ताको आकर्षण बढेको देखिएको छ । 

यी कम्पनीमा बिक्री चाप


यस्तै, गुँरास लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, माछापूच्छे बैंक, मुक्तिनाथ विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, गरिमा विकास बैंक, नेपाल एसबीआई बैंक, सोल्टी होटल, एभरेष्ट बैंक, नवील बैंक, लक्ष्मी लघुवित्त, नेपाल ग्रामीण विकास बैंक, राष्टिय बिमा कम्पनी लिमीटेड(संस्थापक सेयर), सिभिल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा बिक्री चाप बढेको देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ११ लाख ५५ हजार ६ सय ९२ कित्ता सेयर ४५ करोड ५२ लाख ७ सय २९ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी एभरेष्ट बैंक लिमीटेडले ७ करोड ६६ लाख बढी कारोबार गर्यो । सोल्टी होटल लिमीटेडले २ करोड २७ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७२ लाख, अरुण काबेली पावर लिमीटेडले १ करोड ५१ लाख, सिभिल बैंकले १ करोड ५० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ३.५९ प्रतिशतले सम्पत्ति बढायो । यस्तै, मल्टीपर्पोज फाइनान्स कम्पनीले ३ प्रतिशतको हाराहारीमा कमाएको छ । 

यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयर सबैभन्दा बढी घट्यो । यो कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले घट्यो । मिथिला लघुवित्त विकास बैंकको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।