काठमाण्डौ । धितोपत्रको दोस्रो बजार आइतबार खुुला हुुने भएको छ।

हिजो बिहीबार नेपाल धितोपत्र बोर्डमा बसेको सर्वपक्षीय बैठकमा बोर्डका पदाधिकारी, नेप्सेका उच्च अधिकारी, ब्रोकर्स एशोसिएसन, लगानीकर्ता संघसंगठनका नेताहरु सहभागी भएको बैठकमा ब्रोकर र लगानीकर्ताहरुले बजार बन्द गर्नुुपर्ने धारणा राखेका थिए । 

नेप्सेलाई हिजै बजार बन्द गर्ने वा खुुलाउने विषयमा लिखित राय माग गरिएको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए । धितोपत्र बोर्डको पनि सञ्चालक समितिको बैठक आगामी आइतबार बसेर बजार बन्द गर्ने कि नगर्ने विषयमा टुुंगो लगाइने उनले बताए । 

आइतबार बस्ने धितोपत्र बोर्डको बोर्ड बैठकले बजार बन्द गर्ने निर्णय भए मात्रै सोमबारबाट बजार बन्द हुनसक्ने दाबी गर्दै उनले बजार खुुला नै रहने जिकिर गरे । 

धितोपत्र बोर्ड नेप्सेको बोडबाट आउने रायको पर्खाइमा छ । 

आम लगानीकर्ताहरुलाई आगामी साताको कारोबार खुुल्ने वा बन्द हुुने भन्ने द्विविधा छ । 

भीडभाडयुुक्त ठाउँहरुमा सरकारले कोरोनाबाट सतर्क हुुन आग्रह गरिरहेका बेला सेयर बजार पनि बन्द हुुनुुपर्ने माग उठिरहेको छ । केही झुुण्ड वा गिरोहले नेप्से परिसूूचकमा भारी गिरावट आएपछि गिरावट थामिएला भन्ने स्वार्थमा बजार बन्द हुुनुुपर्ने माग उठाइरहेका छन् भने केही साताअघि नेप्से परिसूूचक १६ सय विन्दूू पार गर्दा प्रफिट बूूक गरेका ठूूला र संस्थागत लगानीकर्ताहरु भने परिसूूचक घट्दा घट्दै गएको सेयरमूूल्यमा उठाउने दाउमा छन् । 

धितोपत्रको दोस्रो बजार बन्द हुुने वा नहुुने विषय चाहिँ बोर्डको आइतबार बस्न गइरहेको सञ्चालक समितिकै निर्णयमा भर पर्ने देखिएको छ ।