काठमाण्डौ । अब कुनै पनि कम्पनीको आइपीओमा सर्वसाधारणले मात्र आवेदन दिन पाउने भएका छन् । सर्वसाधारणबाट माग अनुसार आवेदन नपरेको खण्डमा मात्र संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने कडा व्यवस्था गरिएको हो । 

पूँजी बजारमा संरचनात्मक सुधार गर्ने धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागूू भएको जानकारी दिंदै धितोपत्र बोर्डले आइपीओमा सर्वसाधारण लगानीकर्ताको पक्षमा राम्रो निर्णय गरेको हो । 

निर्देशिका लागूूसँगै भएका सुधारको फेहरिस्त सार्वजनिक गर्न बोर्डले आइतबार आयोजना पत्रकार सम्मेलनमा भनिए अनुसार संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निश्कासनमार्फत जारी गरेको सेयर खरीदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिनसक्ने व्यवस्था गरिएको हो । ‘तर पूरा बिक्री नभएमा मात्र अन्यले पनि दरखास्त दिनसक्ने व्यवस्था गरिएको छ ।’ बोर्डले भनेको छ–‘जसले गर्दा प्राथमिक निश्कासनमा लगानीकर्ताहरुको सहभागिता बढ्न गई धितोपत्रको दोश्रो बजार समेत व्यापक हुनेछ ।’