काठमाण्डौ । भनिन्छ समय भन्दा अगावै र भाग्यमा भन्दा बढी कहिल्यै पनि कसैले पाउन सक्दैन । यस्तै केही भयो अमेरिकाको हावर्ड मेडिकल स्कूलका मेडिसिनका प्रोफेसर टिमोथी स्प्रिंगरको जीवनमा पनि । खासमा स्प्रिंगरले एक बायो टेक्नोलोजी कम्पनीमा लगानी गरेका थिए । स्प्रींगरले वर्षौपहिले सो कम्पनीमा गरेको सामान्य लगानीले अहिले उनलाई हजारौं करोडको मालिक बनाइदिएको छ । आखिर कसरी चम्कियो त उनको भाग्य ?

आइपीओबाट अर्बपति
मिडिया रिपोर्टअनुसार बायोटेक्नोलोजी कम्पनी मोडेर्ना इंकले गत हप्ता आफ्नो इनिसियल पब्लिक अफरिङ(आइपीओ) लञ्च गरेको थियो । यो बायोटेक्नोलोजी कम्पनीमा मेडिसिनका प्रोफेसर स्प्रींगरले ५ मिलियन डलर लगानी गरेका थिए । आइपीओ लञ्चिङ हुनुअघिदेखि नै पनि स्प्रींगरसँग सो कम्पनीको १.७३ करोड कित्ता सेयर रहेको थियो । यो आइपीओ औधी रुचाइयो र पहिलो दिनमै २३ डलरको दरले बिक्रीको मौका जुर्यो । यसको नतिजा यस्तो भयो कि स्प्रींगर रातारात ४०० मिलियन डलर अर्थात ४५०० करोड रुपैयाँको मालिक बने । अमेरिकी सेयर बजारमा मोडेर्नाको सेयर मूल्यमा २० प्रतिशतको बढोत्तरी देखियो । यसबाट कम्पनीको मूल्यमा ३२० मिलियन डलरको बढोत्तरी भएको रिपोर्टमा उल्लेख छ । 

मिडिया रिपोर्टअनुसार स्प्रींगर यो आइपीओ आएपछि प्रोफेसर टिमोथी स्प्रींगर मोडेर्ना इंकको चौथा ठूला सेयरहोल्डर बनेका छन् । प्रोफेसर टिमोथीको विशेष प्रकारको पत्थर संग्रह गर्ने सौख रहेको छ । उनले चीनबाट गोंगशी नामक विशेष प्रकारको पत्थर संग्रह गर्ने गर्छन् । प्रोफेसर टिमोथी क्यान्सरको भ्याक्सिन बनाउने उद्देश्यले कैयन प्रकारका सोध गरिरहेका छन् । 

मोडेर्ना इंकको आइपीओ आएपछि हजारौं करोडौ रुपैयाँ मालिक बनेका प्रोफेसर टिमोथी अमेरिकाका सबैभन्दा धनी प्रोफेसरमध्ये एक हुन् । मोडेर्ना भन्दा पहिला पनि उनले कैयन बायोटेक्नोलोजी कम्पनीमा लगानी गरी भारि पैसा कमाइसकेका छन् । 

सन् १९९९ मा उनले सबैभन्दा पहिला मिलेनियम फर्मास्यूटिकल्सको सहायक दबाई कम्पनी ल्यूकोसाइटमा लगानी गरी १०० मिलियन डलर कमाएका थिए । त्यसपछिदेखि नै बायोटक्नोलोजी कम्पनीमा लगानीको माध्यमबाट शानदार कमाई गरिरहेका छन् ।