काठमाण्डौ । डिसहोमले आइपीओ निश्कासनको प्रक्रिया औपचारिक रुपमै थालेको छ । 

डिस होमले सोमबार धितोपत्र बोर्डमा चुक्तापूँजीको १० प्रतिशत हाराहारीको सेयर सर्वसाधारणमा जारी गर्नका लागि आवेदन दिएको हो । 

डिस मिडिया नेटवर्कका प्रबन्धक निर्देशक सुदीप आचार्यले आइपीओ निश्कासनको प्रक्रिया सुरु गरिएको र बोर्डमा आवेदन दिइएको पुष्टि गरे । 

उनका अनुसार डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै निश्कासन हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निश्कासन गर्ने योजना रहेको उनले बताए । 

 डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

डिस होमको आइपीओमा निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई  क्यापिटल रहेको छ । 

एघार वर्षअघि स्थापना भई देशको लिडिङ पे टिभी उद्योगको रुपमा काम गरिरहेको डिसहोमले २०७४ सालदेखि आफूलाई पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको थियो । २०७५ साल पुस २७ गते सम्पन्न साधारणसभाले सर्वसाधारणमा प्राथमिक सेयर निश्कासनको प्रस्ताव पारित गरेको थियो ।