काठमाण्डौ । आई पे रेमिट्यान्स कम्पनी र महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैक बीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौतासँगै अब विदेशबाट आई पेमार्फत पठाएको पैसा महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैकको सम्पूर्ण शाखाहरुबाट ग्राहकहरुले आफूूलाई पायक पर्ने महालक्ष्मी विकास बैंक र वेष्टर्न डेभलपमेण्ट बैकको शाखाबाट भुक्तानी  लिनसक्ने छन् । 

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेशिया, युएई, बेलायत, अष्ट्रेलिया, जापान लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।  आई पे रेमिट्यान्सको नेपालभर ३५०० भन्दा बढी भुक्तानी काउन्टरहरु छन् र बैंक वित्तिय संस्थाको पहुंच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरहरुबाट ग्राहकहरुले भुक्तानी  लिन सक्ने छन् ।