काठमाण्डौ । एप्पलको बहुप्रतिक्षित एनिभर्सरी एडिसन स्मार्टफोन ‘आइफोन एक्स’ मानिसको हातमा पुुगेको छ । यो फोनप्रतिको मरिहत्ते यस्तो देखियो कि, सबैभन्दा पहिला यो फोन खरीद गर्नका लागि मानिसहरुको सडकमा एकदिनअघिदेखि नै लाइन नै लाग्यो । हेरौं आइफोन एक्सका फ्यानहरुको पागलपनलाई फोटोमा :

नयाँ आइफोन पाएपछि यसरी खुशी भए एप्पलका फ्यानहरु

आइफोन एक्समा रहेको एनिमोजी फिचर प्रयोग गरेपछि औधी उत्सुक मुद्रामा एक बालक 

सडकमा एकरातअघिदेखि नै यस्तो लाइन लागेको थियो ।

एप्पलका सीइओ टिम कुुक आइफोन एक्सका ग्राहकसँग आफैं भेट्न पुुगेका थिए । 

टिम कुुकले एप्पलका फ्यानहरुले खरीद गरेको आइफोन एक्सको बट्टामा अटोग्राफ समेत यसरी दिएका थिए । 

सिड्नी, बेइजिङ, साउथ फ्रान्स, हरेक ठाउँमा रहेको आइफोनको स्टोर अगाडि यसरी लामो लाइन लागेको थियो ।

प्रत्येक काउण्टरमा यसरी लागेको भीड । 

बेइजिङमा सबैभन्दा पहिला यी व्यक्तिले खरीद गरेका थिए आइफोन ।

आइफोन एक्स प्रयोग गर्दा फ्यानहरुको अनुहारमा देखिएको उत्साह र उत्सुकता ।

सिंगापुरमा अवस्थित एप्पलको स्टोर्स बाहिर यस्तो भीड लागेको थियो । 

फोटोहरु सबै एजेन्सीबाट साभार