काठमाण्डौ । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी  सेवा चलाउन नपाउने भएका छन् ।

नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन् ।

आगामी आइतबार पुस १७ गते देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ । त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ । परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो ।

ड्ड टेलिकमले पहिले नै फोरजीका लागि आफ्ना उपकरणको सुरक्षामा बढी सचेत एप्पलसँग सम्झौता नगरेकाले यस्तो समस्या आएको हो । तर, एनसेलले भने अनुमति पाउनुपूर्व नै एप्पलसँग यस्तो सम्झौता गरी आफ्नो नेटवर्कको फोरजी सेवा चल्ने बनाइसकेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

आइफोनमा फोरजी नचल्ने देखिएपछि टेलिकमले भिमसेरियालाई फोरजी चल्ने बनाइदिन आग्रह गरेको थियो ।