काठमाण्डौ । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्करणको छनोट प्रक्रिया जारी रहेको छ। १४ जनाको जुरी समितिले दोस्रो चरणमा विभिन्न चार विधाहरूको नतिजा सार्वजनिक गरेको छ। 

स्टार्टअप आइसिटी अवार्ड २०२० र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० विधामा उत्कृट १२ तेस्रो चरणको छनोटको लागि प्रवेश गरेका छन्। त्यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० को विधामा उत्कृट १३ प्रडक्टहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन् भने इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू तेस्रो चरणको छनोटमा प्रवेश गरेका छन्। 

पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो। विभिन्न ११ विधामा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ। भदौ अन्तिम सातादेखि शुरू भएको छनोट प्रक्रिया जारी रहेको छ। अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनोट गरेर सर्वोत्कृष्टको छनोट गरिने जुरी समितिका सुशील पोखरेलले बताए। आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर पहिलो हप्ता आयोजना गरिने बताइएको छ। 

दोस्रो चरणबाट छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले तेस्रो चरणको छनोटको लागि १४ जना जुरी समक्ष प्रिजेन्टेशन तथा स्पिड डेडिङ सेसनमा भाग लिनुपर्ने हुन्छ। उक्त सेसनबाट छनोट भएका उत्कृट ५ पब्लिक भोटिङको लागि छनोट हुनेछन्। पब्लिक भोटिङसँगै स्टार्टअप कम्पनीहरू फिल्ड भिजिट पनि सञ्चालन गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए। 

कुन–कुन विधामा को–को छानिए ? 

स्टार्टअप आइसिटी अवार्ड २०२० मा दोस्रो चरणको छनोटबाट उत्कृष्ट १२ स्टार्टअपहरू छनोट भएका छन्, जुन कम्पनीहरू क्रमशः (वर्णानुक्रम अनुसार) यस्ता छन् :

BizHub I.T. Service Pvt. Ltd., CryptoGen Nepal Pvt. Ltd, Duluwa Expeditions Pvt. Ltd, Evalaya Tech Pvt. Ltd., GC Research and Development, Genius Systems Pvt. Ltd, Innology Solutions Pvt. Ltd, Jeevee Health Pvt. Ltd., Nep Meds Pvt. Ltd., Sajilo Trip Pvt Ltd, Unelma Platform Pvt. Ltd, Washmandu Nepal Pvt. LTd.

स्टार्टअप आइसिटी अवार्ड २०२० मा ५५ वटा कम्पनीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो। 

प्रडक्ट आइसिटी अवार्ड २०२० मा विभिन्न १३ वटा प्रडक्टहरू दोस्रो चरणबाट छनोट भएका छन्। उत्कृष्ट १३ प्रडक्टहरू क्रमशः यस प्रकार छन्। A Novel Vehicle Tracking Device"CPFDS" - AML & KYC Management SystemFuseclassroomGenius IPTVJeeveeMSecurity & AntivirusNyano NaniOrderSathi.comOttishRTVTR- Real Time Vehicle Tracking and Recognition SystemSmartDoc Intelligent DocumentSmart GharVed - ELearningरहेका छन्। प्रडक्ट अवार्ड २०२० मा ३५ वटा प्रडक्टहरूको अनलाइन नोमिनेशन प्राप्त भएको थियो।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२० मा सबैभन्दा धेरै नोमिनेश प्राप्त भएको थियो। यस विधामा ६५ वटा प्रोजेक्टहरूको अनलाइन नोमिनेशन प्राप्त भएको थियो। दुई चरणको छनोटबाट उत्कृष्ट १२ राइजिङ स्टुडेन्ट प्रोजेक्टहरू तेस्रो चरणको लागि प्रतिस्पर्धामा अघि बढेका छन्। उत्कृष्ट १२ प्रोजेक्टहरू यस प्रकार रहेका छन्। 3D printing with Recycled PlasticAGI LOCATION MARKERAgro Monitoring & Controlling SystemAutomatic Sanitizer TunnelBaala: From Waste to WealthEDVRGhumnaJaamGo-Corona Nurse RobotSAAVPS, Sanchai ChhauSmart Blind man Stick Smart Ghar  उत्कृष्ट १२ प्रोजेक्टहरूले प्रिजेन्टेशन सेसनका लागि अवसर पाएका छन्।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० मा उत्कृष्ट १४ इन्नोभेसनहरू दोस्रो तेस्रो चरणको प्रतिस्पर्धामा छनोट भएका छन्। यी इन्नोभेसनहरू यस प्रकार छन्। 

Automatic Sanitizer Tunnel, Covid-19 Pneumonia Detection using Deep Learning and Neural Networks, COVID-19 Safety Kit Analyzer, GoCorona - Nurse Robot, Hamro Swasthya Mobile application and Covid-19 Web Dashboard, Live Twitter Sentiment: Tracking COVID-19 Discourse on Twitter, Namaste Doctor: Online Doctor Consultation , Nepal COVID-19 Surveillance System, Paaila Emergency Resuscitator , Paaila Emergency  Vent, Sister Robot-Food and Medicine Carrying Robot, Take home Online Entrance Examination and Preparation, Thermographic camera for measuring fever, Ventillator रहेका छन्। २६ वटा इन्नोभेसनहरूले अवार्डको लागि अनलाइन आवेदन दिएका थिए। 

तेस्रो चरणको लागि छनोट भएका उत्कृष्ट स्टार्टअप, प्रडक्ट, राइजिङ स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनहरूले आउँदो शनिवार, सोमवार र बुधवार आयोजना हुने प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। त्यसपश्चात् छनोट भएका उत्कृष्ट ५ लाई अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन गरिनेछ। आइसिटी अवार्डमा अन्य ७ विधाहरुको पनि छनोट प्रक्रिया जारी रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए।

अन्य विधाहरूमा पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा, वमन आइकन र मिडिया पर्सन आइसिटी अवार्ड रहेका छन्। त्यसैगरी डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल एजुकेशन आइसिटी आइसिटी अवार्ड २०२० को पनि छनोट प्रक्रिया जारी छ। अवार्ड निष्पक्ष र उत्कृष्ट बनाउन १२ जना बढीको विशिष्ट जुरी सल्लाहकार समिति समेत रहेको छ। 

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, इमिनेन्स वेज, इसेवालगायतका संस्थाहरूको सहयोग रहेको छ।