काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमीटेडले आर्थिक वषृ २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । 

भदौ २२ गते बसेको कम्पनीको २१२ औं संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १९ करोड ५२ लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ८० करोड १७ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरणपछि ८८ करोड १९ लाखको उचाईमा पुुग्नेछ ।