काठमाण्डौ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमीटेडले आफ्ना १० उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । 

२०७२ साल पौषदेखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा छनौट भएका १० उत्कृष्ट व्यवसायिक साझेदारहरु सो भ्रमणमा सहभागी भएका हुन् ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ४९ आईएमई सेन्टरसहित ७५ जिल्लाका ५,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । आईएमई हालै ‘सुलिभान एण्ड फ्रोस्ट’ द्वारा ‘वेष्ट रेमिटेन्स कम्पनी अवार्ड–२०१६’ बाट सम्मानित भएको छ ।