- प्रकाश बन्जारा

यूएई । आईएमई युएईले आयोजना गरेको ‘देखाऔँ प्रतिभा खुलेर, जितौँ पुरस्कार आईएमईसँग मिलेर’ भन्ने युएई केन्द्रीत प्रतियोगिताको पुरस्कार झापाका कमल तमाङ र सर्लाहीका इन्द्र सेन्चुरीले जितेका छन्। 

गत अगुस्ट १५ देखि सेप्टेम्बर १५ सम्म सञ्चालन भएको प्रतिभा प्रस्तुति भिडियो प्रतियोगितामा तामाङ र सेन्चुरी क्रमशः प्रथम तथा द्वितीय भएका हुन्। प्रतियोगितामा यूएईका कुना–कुनाबाट प्राप्त सयौँ भिडियोमध्ये २७ भिडियोलाई छनोट गरी समावेश गराइएको र तीमध्ये धेरै हेरिएको भिडियोलाई बिजयी घोषणा गरिएको थियो।

प्रतियोगीहरुले प्रतियोगितमा आईएमईलाई विषय बनाएर अथवा वा कुनै न कुनै रुपमा एईएमईलाई समावेस गरी कलकारिताको विभिन्न विधा गीत, मुक्तक, अभिनय, सिर्जना, रचना तथा टिकटक भिडियोमार्फत प्रतियोगितामा सहभागी जानाएका थिए। प्रतियोगितामा बढीभन्दा बढी हेरिएका तथा रुचाइएका आधारमा दुईजना विजेता घोषणा गरिएको आईएमई अधिकृत ईश्वर अधिकारीले जानकारी दिए। 

विजयी प्रतियोगीले सम्मानपत्रका क्रमशः यूएई दिराम ६०० (नेपाली रुपैयाँ १९ हजार) तथा दिराम ४०० (नेपाली रुपैयाँ १३ हजारबराबर ) प्राप्त गरेका छन्। यूएईका नेपालीमाझा भरपर्दो, विश्वसिलो तथा छिटोछरितोका रुपमा पैसा नेपाल पठाउनका लागि पहिलो रोजाइमा पर्दै आइरहेको र कोभिड–१९को विषम परिस्थितिमा पनि आफ्ना ग्राहकलाई मनोवैज्ञानिक असर नपरोस् भनेर यस्तो प्रतियोगिता आयोजना गरिएको आईएमई यूएई प्रमुख उत्तम बस्नेत बताउँछन्। 

आईएमईले मोबाइल वालेट आईएमई पेमार्फत सहजै नेपाल पैसा पठाउन सकिने भन्दै बजारीकरण गर्दै आइरहेको छ।