काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । 

आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईलाई सो सम्मान प्रदान गरिएको हो । 

रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी कर तिरे बापत अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेका हुन् । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ । 

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।