काठमाण्डौ । आईएमई लिमिटेड‘ सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्धनिर्देशक हेमराज ढकालले सो सम्मान ग्रहण गरे । 

सम्मान ग्रहण कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलको समेत उपस्थिति रहेको थियो । 

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो  । व्यवसायिक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्र्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक ढकालले यो सम्मानबाट आईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको बताएका थिए ।

यो कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,२०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।