काठमाण्डौ । आईएमई जनरल इस्योरेन्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । 

कम्पनीको मंसिर २७ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ६ करोड १२ लाख ३६ हजार रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ कम्पनीले ३२ लाख २२ हजार ९४७.३७ रुपैयाँबराबरको नगद लाभांशका  रुपमा वितरण गर्ने भएको छ । 

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएर आएपछि कम्पनीको आगामी २२ औँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।